|

काठमाडौं : गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'रोज' को नयाँ गीत सार्वजनिक भएको छ। बिहीबार फिल्म निर्माण युनिटले फिल्ममा समावेश 'तिम्रो पछि-पछि' बोलको गीत रिलिज गरेको हो। अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा दयाराम पण्डेको शब्द तथा निशान भट्टराईको स्वर सुन्न सकिन्छ।  

गोविन्द राईको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य दुई कलाकार प्रदीप खड्का र परमिता आरएल राणा फिचरिङ छन्। जहाँ प्रदीप परमिताको पछि परेका छन्। प्रदीप र परमिताको केमेन्ट्री मिलेको देखिन्छ।

निरक पौडेल निर्देशित फिल्म रोजमा प्रदीप र परमितासँगै मिरुना मगर, कर्मा शाक्यको पनि मुख्य भूमिका रहेको छ। फिल्ममा एक प्रेमीले आफ्नो प्रेमिकालाई किन हत्य गर्छ भन्ने देखाउन खोजिएको छ। गोपिकृष्ण मुभिजको व्यानरमा निर्माण भएको यस फिल्मले आशातित व्यापार भने गरिरहेक छैन।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.