|

गुल्मी : प्रदेश ५ मै पहिलो कृषि ज्ञान केन्द्रको कार्यालय गुल्मीमा स्थापना भएको छ। 

गुल्मी जिल्लाका  २ नगरपालिका र १० गाउँपालिकालाई कृषि सम्बन्धी विशेयज्ञ सेवा र ल्याब सम्बन्धी सेवा दिने गरि कार्यलय स्थापना भएको कार्यलयका प्रमुख चक्रपाणी पन्थीले जानकारी दिए। साबिकको जिल्ला कृषि विकास कार्यलयमा कार्यलय रहने गरि कृषि ज्ञान केन्द्रको  स्थापना भएको हो। 

कार्यालयको स्थापना गर्दै प्रदेश– ५ का सभासद कमल श्रेष्ठले अहिले गुल्मेलीहरुले गरेको कृषीलाई निर्वाहामुखी नभई ब्यबसायीक रुपमा कृषि र पशुपालन गर्नका निम्ति थुप्रै सम्भावनाहरु भएकाले त्यसलाई भरपुर प्रयोग गरि युवाशक्तिहरुलाई ब्यवसायिक  बनाई स्वदेशमा नै रोजगारको सृजना गर्न सकिने गरि प्रदेश सरकार लागिरहेको दाबी गरे।  त्यस्तै श्रेष्ठले साबिकका कार्यलयहरु खारेज भएका कार्यलयहरुको सेवा लिनका लागि पनि जिल्लाबाट अन्य जिल्ला जान नपर्ने गरि प्रदेश सरकारले ब्यबस्था गर्ने गरि कार्य गरिरहेको दाबी गरे। 

कृषि ज्ञान केन्द्र गुल्मीमा ५ अधिकृत सहित १५ जना कर्मचारीहरुको दरबन्दी रहेको कार्यलयले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.