|
प्रतीकात्मक फोटो

चितवन : चितवनको भरतपुर महानगरपालिका ५ स्थित खगेरी पुल नजिक भएको मोटरसाइकल दुर्घटनामा शुक्रबार एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।

भरतपुरबाट पदमपुरतर्फ जाने भित्रि सडकखण्डमा ना ४२ प ७५९० नम्बरको मोटरसाइकलले र विपरीत दिशाबाट आउँदै गरेको ना ३५ प ६४७३ स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।

दुर्घटनामा परी ना ४२ प ७५९० नम्बरको मोटरसाइकल पछाडि बस्ने बारा कलैया नगरपालिका ५ का २२ वर्षीय सोनु गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उनको उपचारका क्रममा साँझ ७:५ बजेको समयमा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। उक्त मोटरसाइकलका चालक भरतपुर ३ का २३ वर्षीय अमितकुमार गुप्ताको सोही कलेजमा उपचार भइरहेको छ।

दुर्घटनामा स्कुटी चालक भरतपुर १५ की २५ वर्षीय निलम गुरुङ र पछाडि बस्ने उनकी छोरी ९ वर्षकी प्रसन्ना गुरुङसमेत घाइते छन्। उनीहरूको भने भरतपुर अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.