|

रौतहट : रौतहटमा एक महिलाले ९० वर्षको उमेरमा नेपाली नागरिकता लिएकी छन्। चन्द्रपुर नगरपालिका ७ नयाँबस्ती निवासी ९० वर्षीया कालापति देवी मुखियाले आइतबार नेपाली नागरिकता लिएकी हुन्।

विस १९८५ सालमा जन्मेकी मुखियालाई इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले वैवाहिक अंगिकृत नेपाली नागरिकता दिएको सो कार्यालयका शाखा अधिकृत हेमराज फुयालले बताए। उनी ६० वर्षीय छोरा रामबिर मुखिया बिनको साथ आएकी थिइन्।

भारतको बिहारमा जन्मेकी मुखियाले नागरिकता पाएपछि आफू हर्षित भएको प्रतिक्रिया दिइन्। उनी चन्द्रपुर नगरपालिका ७ नयाँबस्तीका सन्त मुखियासँग विवाह गरी आएकी हुन्। नागरिकता पाएपछि अब वृद्ध भत्ता पाउने आशामा रहेको उनले बताइन्।

यसको साथै मुखियाले फोटो सहितको मतदाता परिचय पत्रको लागिसमेत उनले फोटो खिचाएकी छन्। मुखियालाइ ३२-२-७५-२६२० नम्बरको नागरिकता दिएको शाखा अधिकृत फुयालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.