|

च्याम्पियन्स लिग फुटबलमा लियोनल मेसीको सानदार ह्याट्रिकमा बार्सिलोनाले सानदार सुरुवात गरेको छ। बार्सिलोनाको घरेलु मैदान क्याम्प नउमा भएको खेलमा डच क्लब पीएसभीलाई ४–० ले पराजित गरेको हो। 

मेसीले करियरको ४८ औ ह्याट्रिक पुरा गर्ने क्रममा समुह चरणको पहिलो लेगको पहिलो हाफमानै एक गोल गरेका उनले थप दुई गोल दोस्रो हाफमा संभव बनाए। 
३१ औ मिनेटमा आकर्षक  फ्रिकिकमार्फत कप्तान मेसीले बार्सिलोनालाई सुरुवती अग्रता दिलाएका थिए। इभान राकिटिकको पासमा ७७ औ मिनेटमा मेसीले दोस्रो गोल गरे।

त्यसअघि दोस्रो नम्बरमा डेम्बेलेले बार्सिलोनाका लागि दोस्रो गोल गरेका थिए। डिफेन्डर स्यामुल उम्टिटि दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि बार्सा १० खेलाडीमा सिमिति भएको थियो। ८७ औ मिनेटमा ह्याट्रिक पुरा गर्ने क्रममा मेसीले लुईस सुआरेजको सहयोग लिए।

आन्द्रेस ईनिएष्टाले क्लब छाडेपछि मेस्सीले बार्साको कप्तानी गर्दै आएका छन्। विश्वकपको खराब प्रर्दशनसंगै मेस्सी निराश देखिएका थिए। उनले यस सिजनमात्र पछिल्ला ६ खेलमा ७ गोल गरेका छन्। समुह बी अन्तर्गतको खेलमा बार्साले ३ अंक जोड्न सफल भएको छ। सोही समुहको अर्को खेलमा इन्टर मिलानले टोटेनहमलाई २–१ ले हराएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.