|

काठमाडौं : राजु अधिकारीको निर्देशनमा फिल्म ‘मेरो आफ्नो’ निर्माण हुने भएको छ। शुक्रवार राजधानीको भद्रकाली मन्दिरमा शुभ मुहर्त गर्दै फिल्मको औपाचारिक निर्माण घोषणा गरिएको हो। 

'ओम साई भक्त मुभिज'को ब्यानरमा निर्माण हुने यस फिलमलाई बसन्त शर्मा र मात्रिका बजिमयले निर्माण गर्दैछन्। फिल्ममा श्रीराम बराल प्रस्तुतकर्ताको रुपमा रहेका छन्।

पारिवारिक बथाबस्तुमा निर्माण हुने यस फिल्ममा रिया श्रेष्ठ, रुपा राना, नरेश पौडेल, सुजाता थापा, सुन्दर श्रेष्ठ र बाल कलाकारमा अरुण कलिराजको अभिनय रहनेछ। यस फिल्मबाट केवल जंग कुँवरले यो फिल्मबाट डेब्यु गर्दैछन्। 

मौनता श्रेष्ठको लेखन रहने फिल्ममा हिमाल केसीको द्वन्द्व र पवन गौतमको छायाँकन रहने छ। असोज ७ गतेबाट फिल्मको छायाँकनमा जाने यस फिल्मलाई चितवन र मनाङ्गमामा खिचिने छ। फिल्मलाई अर्को वर्षको मध्यतिर प्रदर्शनमा ल्याउने निर्माण टिमको लक्ष्य रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.