विश्व

इरान आक्रमणमा अमेरिकी सहयोग प्राप्त संगठन जिम्मेवार : विदेशमन्त्री
SHARES

फाइल फोटो
असोज ६, २०७५

    इरानको दक्षिण पश्चिम क्षेत्रमा शनिबार भएको आक्रमण अमेरिकी सहयोग प्राप्त इस्लामवादी लडाकु समूहले गराएको इरानी सरकारले आरोप लगाएको छ। सरकारले आतंकवादी समूहले गोली चलाएको दावी गरे पनि शनिबार अपरान्ह्सम्म आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन।

    इरानमा सैन्य कवाज (परेड) चलिरहेका समय अन्धाधुन्ध गोली चलेको र आक्रमणमा परी मृत्यु हुनेको संख्या २४ पुगेको र ५३ जना घाइते भएको इरानको राज्य सञ्चालित आइआरएनए समाचार संस्थाले जनाएको छ। इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफले इरानको दक्षिण पश्चिममा सक्रिय एक अमेरिकी सहयोगप्राप्त संगठन जिम्मेवार रहेको दावी गरेका छन्।

    अहभाजमा विदेशद्वारा भर्ना लिएको, तालिम दिएको, हतियार उपलब्ध गराएको तथा उनीहरूलाई भुक्तानी गर्नेगरेको आतंकवादीहरूले आक्रमण गरेको विदेशमन्त्री जरीफको दावी छ। 'इरानले उक्त क्षेत्रमा आतंकवादीलाई  आर्थिक रूपमा संरक्षण दिँदै आएका विदेशी र उनीहरूका अमेरिकी मालिक आक्रमणका जिम्मेवार छन्' उनले भने।

    आक्रमण भएको स्थान अहभाज शहर इरानको इराकी सिमानामा पर्ने खुजेस्तान प्रान्तमा पर्छ। उक्त स्थान इरानमा अल्पसंख्यक मानिने अरब समुदायको बाहुल्यता रहेको क्षेत्र हो। खुजेस्तानमा यसअघि पनि पृथकतावादी हिंसात्मक आन्दोलन हुने गरेको र यसमा तेहरानका क्षेत्रीय प्रतिस्पर्धीहरूको हात रहेको इरानले आरोप लगाउँदै आएको थियो।

    मृतकमध्ये एउटी नाबालिका, केही प्रत्यक्षदर्शी महिला तथा ह्वीलचियरको सहारामा परेड हेर्न आएका एक पूर्वसैनिक पनि परेको सेनाका प्रवक्ता तथा ब्रिगेडियर जनरल अबोलफजल शेकर्चीले बताए।

    आक्रमणकारीमध्ये तीनजना घटनास्थलमा नै मारिएका थिए भने एक जनालाई घाइते अवस्थामा पक्राउ गरिए पनि केही समयपछि मृत्यु भएको प्रवक्ता शेकर्चीले इरानको राज्य सञ्चालित टेलिभिजनलाई बताए। खुजेस्तानका उप गभर्नर अलि हुसेन हुसेनजादेहले केही समय पहिले दिएको जानकारीमा एक पत्रकारसहित कम्तीमा नौ सैनिकको मृत्यु भएको जानकारी दिए।

    विदेशमन्त्री जरीफले अमेरिकी सहयोग प्राप्त क्षेत्रीय प्रतिस्पर्धी नै घटनामा जिम्मेवार रहेको भन्दै इराकतर्फ संकत गरेका छन् भने इरानको सम्भ्रान्तहरूको समूह रिभोलुसनरी गार्डसले साउदी अरबको सुन्नी समूहद्वारा संरक्षण दिइँदै आएको एक इरानी लडाकु समूह नै घटनामा जिम्मेवार रहेको बताएको छ।

    सेना तथा सर्वसाधारणमाथि शनिबार गोली चलाउने समूह अहभाजी आन्दोलनसँग सम्वद्ध रहेको गार्डसका प्रवक्ता रामेजान सरीफले आइएसएनएलाई बताए। विदेशमन्त्री जरीफले आक्रमणको तत्काल र निर्णायक जवाफ दिइने बताए।

    यसैबीच इरानको निकट सहयोगी मानिने रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले घटनापछि एक शोक सन्देश पठाउँदै आक्रमणको निन्दा गरेका छन्। इरानमा भएको कठोर आक्रमणले आफूलाई निकै दुःखी तुल्याएको उनले बताए। रूसी राष्ट्रपतिले भनेका छन्, 'यो घटनाले एक पटक फेरि आतङ्कवादविरुद्ध सम्झौताहीन युद्धको आवश्यकताको स्मरण गराएको छ।'

    खुजेस्थान तत्कालीन इराकी शासक सद्दाम हुसेनका समय अर्थात् सन् १९८० मा इरान र इराकबीचको प्रमुख युद्धस्थल हो। यहाँ सन् २००५ देखि सन् २०११ सम्म पनि युद्धका घटना भएका थिए। तर उक्तस्थान सन् २०११ पछि भने निकै शान्त रहँदै आएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]