|

ओखलढुंगा : भूकम्पपछि ओखलढुंगामा पुनर्निर्माण भएका अधिकांश घरमा परम्परागत ढुंगाको छाना हाल्न छोडिएको छ। रंगीन जस्ताको छानाप्रति सर्वसाधारणको अाकर्षण बढेको छ। रंगीन जस्ताको प्रयोगले गाउँको अनुहार नै बदलिएको छ ।

पहिले प्राय: घरमा खरको छानो हुन्थ्यो। अलि हुनेखानेले ढु‌ंगाको छानो हालेका हुन्थे। सडक पुग्न थालेसँगै केहीले जस्तापात लगाएका थिए तर भूकम्पपछि गाउँ नै जस्तामय भएको गाम्नाङटारका पूर्व गाविस सचिवसमेत रहेका होमनहरि भट्टराईले बताए। 

प्राविधिकले पनि ढुंगा र टायलको छाना हाल्दा घर पास नगर्ने भएकाले अधिकांशको रोजाइ रंगीन कर्कटपाता बनेको लिखु ६ का शेरबहादुर मगरले बताए । गह्रौँ छानालाई प्राविधिकले अस्वीकार गरेको कारण र हलुका निर्माण सामग्री प्रयोग गर्दा सुरक्षित भइने प्राविधिकको सल्लाहअनुसार भूकम्पप्रभावितले हलुका छानाको रूपमा जस्ताको प्रयोग गरिएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट अनुदान पाउने लाभग्राहीले बनाएको घर भनेकै रंगीन कर्कट पाता जस्तो भएको राष्ट्रिय पुननिर्माण प्राविधिक हकहित संमक्षण समिति ओखलढुंगाका संयोजक राजेन्द्र धमलालले बताए। धमलाका अनुसार ओखलढुंगामा भूकम्पपछि पुनर्निर्माण गरिएका घर शतप्रतिशत लाभग्राहीले रंगीन कर्कटपाताले घर छाएका छन् ।

भूकम्पले बढी क्षति पुर्‍याएका जिल्लाको पश्चिमी भूभाग लिखु गाउँपालिका र खिजीदेम्बा गाउँपालिकामा बनेका घरहरु रंगी बिरंगी नै देखिन्छन्। साविकको गाम्नाङ्गटार लिखु गाउँपालिकाको वडा नं. ६ र ७ मा पुनर्निर्माण भएका करिब एक हजार घर र टारकेराबारीका ५०० बढी घरमा राता हरिया र निलाजस्ताको छाना हालिएको छ।

एकैनासका घर अनि एकैनासका छाना पुनर्निर्माणका बेला अलि ध्यान दिएर घर बनाउन सकेको भए नमुना बस्तीझैं देखिन्थ्यो, तर नमुनातिर ध्यान नगएका कारण अलि नमिलेजस्तो भान भएको लिखु गाउँपालिका वडा नं‍. ८ का अध्यक्ष विशालकुमार पौडेलले बताए। भूकम्पपछि गाउँमा सबैले एकैथरी घर बनाएका छन् अधिकांशको २ कोठे घर छन् दुईकोठे अनि एकतले घर उस्तै देखिन्छन्।

जग्गाको साँधको ख्याल गरिएन भन दुईवर्ष जति गाउँछाडेका मान्छेले घरै नचिन्ने अवस्थाका छन्, प्राविधिकको मापदण्ड र डकर्मीको सीप एकै भएकाले यस्तो भयो। जस्ताको छाना लगाउँदा घर हलुका हुने मात्र नभई काठको प्रयोगमा कमी र ज्यालामा बचत हुने गरेको टारकेराबारीका स्थानीय केदार खड्काले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.