|

नवलपरासी : देशभर बालबालिकामाथि बढ्दो असुरक्षाको विषयमा सरोकारहरूलाई सचेत गराइएको छ। पश्चिम नवलपरासीको बर्दघाटमा रहेको सहयोगी युथ क्लबले मंगलबार कार्यक्रम गरी बालबालिकाको सुरक्षाको विषयमा सरोकारवालाको धारणा बुझेको हो। 

युथले 'हामी बालबालिका कहिलेसम्म असुरक्षित?' सरोकारवालाको धारणा विषयक कार्यक्रम गरेको हो। यसअघि चिसापानीदेखि बर्दघाट पुरानो चौकीसम्म र्‍याली  निकालिएको थियो। कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रवक्ता रविन्द्रविक्रम हमालले विद्यालयको पाठ्यक्रममा हिंसासम्बन्धी विषयवस्तु समावेश गराउनुपर्ने बताए।

कार्यक्रममा बालबालिकाले अाफूहरू असुरक्षामा पर्ने क्रम बढेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गरेका थिए। कार्यक्रममा विभिन्न सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता  थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.