|

काठमाडौं : भारत र चीनका राष्ट्रप्रमुख नेपालको राजकीय भ्रमणमा आउने दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयको सत्तारुढ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विरोध गरेका छन्। सरकारले भारतीय राष्ट्रपति प्रवण मुखर्जीको आसन्न नेपाल भ्रमणका सन्दर्भमा दुई छिमेकी मुलुकका राष्ट्रप्रमुख नेपाल आउँदा बिदा दिने निर्णय बिहीबार गरेको थियो।

सोसल मिडियामा सरकारी निर्णयको विरोध भैरहेका बेला पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नारायणकाजीले फेसबुकमार्फत निर्णयलाई अस्वभाविक भनेका छन्। 'सरकारले भारत र चीनको राष्ट्रपतिको नेपाल भ्रमणको आगमनको दिनलाई राष्ट्रिय बिदा घोषणा गरेछ। यो नितिगत घोषणा देखिन्छ', उनले फेसबुकमा लेखेका छन्, 'किनकि भारतको राष्ट्रपतिको नेपाल आउने कार्यक्रम तय भइसकेको भए पनि चीनको राष्ट्रपतिको भ्रमण निश्चित नै भएको छैन। त्यसैले यो निर्णय अनुपयुक्त मात्र होइन, अस्वाभाविक समेत छ।'

उनले भारतका राष्ट्रपतिको भ्रमणका सन्दर्भमा मात्र बिदा दिने निर्णय गरेको भए यत्तिको विरोध नहुने तर्क गरेका छन्। 'बरु अनावश्यक नै भएपनि भारतको राष्ट्रपतिको भ्रमण निश्चित भैसकेकाले यतिबेला भारतको राष्ट्रपतिको सन्दर्भमा मात्र यो निर्णय गरिएको भए यो हदको आलोचना हुँदैनथियो होला', नारायणकाजीले फेसबुकमा लेखेका छन्।

सम्बन्धित समचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.