|

काठमाडौं : चितवनसम्म ग्यास र पेट्रोलियम पाइपलाइन विस्तारका लागि भारत सहमत भएकाे छ। नेपाल पक्षकाे यस्ताे प्रस्ताव भारतले स्वीकारेपछि भारतको मोतिहारीदेखि चितवनसम्म पाइपलाइन विस्तार गर्न दुई पक्षीय सहमति जुटेकाे हाे।

शुक्रबार नेपाल र भारतकाे मन्त्रीस्तरीय बैठकमा पेट्रोलियम र ग्यासको पाइपलाइन चितवनसम्म विस्तार गर्ने सहमति भएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र भारतीय प्राकृतिक ग्यास तथा पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानबीच भएको छलफलमा यो सहमति भएको हो।

भारतीय पेट्रोलियम मन्त्री प्रधानले अमलेखगंज-मोतिहारी पाइपलाइनको निरीक्षण र समसामयीक विषयमा छलफल गर्नका लागि शुक्रबार नेपाल आएका छन्। भारतीय पेट्रोलियम मन्त्री प्रधानले मोतिहारी-अमलेखगंज पाइपलाइनको काम तीव्र गति भएकोमा खुसी व्यक्त गर्दै नेपालमा ग्यास पनि पाइपलाइनबाटै आउने बताए। उनले दुर्इ देशका अधिकारीले प्राविधिक पक्ष टुंग्याएर पाइपलाइनको काम अघि बढाउने बताए। अहिले मोतीहारीदेखि अमलेखगंजसम्म करिव ७० किलोमिटर पेट्रोलियम पाइपलाइनको काम भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.