|

उदयपुर : एक नम्वर प्रदेश प्रहरीले विशेष  सुरक्षा योजना तयारी गरेको छ। नजिकिदै गरेको बडादशैं, दिपावली तथा छठ पर्वको अबसरमा १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगर मातहतका सबै जिल्लाहरुमा हुनसक्ने सम्भावित अपराधिक र उच्छृङ्खल क्रियाकलापहरु नियन्त्रण गर्न विशेष सुरक्षा योजना बनाएको हो।

१ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआईजी केदार रिजालका अनुसार राजमार्ग र सहायक मार्गहरूमा हुन सक्ने अवाञ्छित कार्य नियन्त्रण तथा दुर्घटना न्यूनिकरण गर्न विशेष योजनाहरु ल्याइएको छ। ‘बित्तिय संस्थाहरु, मेला, हाटबजार, धार्मिक मठ, मन्दिर, व्यापारिक केन्द्र  सरकारी कार्यालयहरू तथा महत्वपूर्ण प्रतिष्ठानहरूमा हुन सक्ने चोरी लुटपाटका घटनाहरुको रोकथाम गने विशेष योजना छ।’ उनले भने, ‘सिमा क्षेत्रमा हुन सक्ने चोरी तस्करी र चोरी निकासी पैठारी नियन्त्रण, पटका, आतिसबाजी लगायतका प्रतिवन्धित बिष्फोटक पदार्थको आयात र प्रयोगमा पूर्णतया रोक लगाउने योजना छ।’

त्यावश्यक उपभोग्य वस्तुहरूको सहज आपूर्तिको व्यवस्था गरी भरपर्दो एवं विश्वासनीय सुरक्षा व्यवस्था मिलाई चाड पर्वहरुमा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन निम्नानुसार चाडपर्व सुरक्षा योजना निर्माण प्रमुख रिजालको भनाइ छ।

यसैगरी प्रदेश प्रहरी कार्यलय एसपी अभुषन तिम्लसिनाका अनुसार लामो तथा छोटो दुरीका भाडाका सवारी साधनहरूले यात्रुसँग बढी पैसा असूल गर्ने, दुर्व्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने जस्ता कार्य हुन नदिन यात्रुहरूको सुरक्षालाई दृष्टिगत गरि बसपार्क लगायत सवारी चाप बढी हुने स्थानमा यात्रु सहायता कक्षहरु स्थापना गर्ने, राजमार्गहरूमा चेकजाँचको भरपर्दो व्यवस्था मिलाउने, ईएकोर निगरानीको लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको रहेका छन।

यसैगरी चाडपर्वको मौका छोपी उद्योगपति, व्यापारीहरू, राजमार्गमा चल्ने सवारी साधनहरूबाट आर्थिक सहयोगको नाममा जवरजस्ती चन्दा संकलन, चिठ्ठा उपहार कार्यक्रम जस्ता गतिविधीहरुनियन्त्रणको लागि सादा पोशाकमा प्रहरी परिचालन गरी निगरानी बढाईएको एसपी तिम्लसिनाको भनाइ छ। गुण्डागर्दीमा संलग्न तथा अपराधिक पृष्ठभूमी भएका मानिसहरु माथि गोप्य रुपमा निगरानी राख्ने, सर्वसाधारणहरूले बैंक तथा वित्तीय संस्थाहरूबाट रकम झिक्ने, सरसामान किनमेल स्थानहरुमा हुन सक्ने चोरी, लुटपाट, डकैती जस्ता घटनाहरू हुन नदिन निग्रानी बढाईएको, बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गरी नियमित पालो पहराको व्यवस्था मिलाईएको प्रदेश प्रहरीले जानकारी दिएको छ।

बजारमा खाद्यान्न लगायत अत्यावश्यक उपभोग्य बस्तुहरूको बिक्रीबितरणलाई सहज बनाई राख्न सरोकारवालाहरुसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरुलाई निर्देशन दिईएको पनि प्रदेश प्रहरी कार्यालयका एसपी तिम्लसिनाले जानकारी दिए।

बजारमा कृत्रिम अभाव श्रिजना गर्न, कालोबजारी, अस्वाभाविक मूल्यबृद्धि जस्ता कार्य हुन गर्न नदिन, प्रभावकारी रूपमा अनुगमनको व्यवस्था मिलाउन र सबै उद्यमी, ब्यापारीहरूलाई अनिवार्य मूल्य सूचि राख्न लगाउन सरोकारवाला निकायहरुसँग समन्वय गर्न निर्देशन दिईएको जानकारी दिइएको छ।

एसपी तिम्लसिनाले अवैध मदिरा उत्पादन तथा बिक्री बितरण, जुवातास, लंगुरबुर्जा जस्ता गतिविधीलाई कडाईका साथ नियन्त्रण गर्न संभावित स्थानहरुमा निगरानी बढाउन छुट्टै टोली परिचालन गरिएको समेत बताए। ‘सिमा क्षेत्रमा हुन सक्ने  तस्करी, लुटपाट गर्ने, ठगीजस्ता घटना हुन नदिन नेपाल भारतसीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाईएको, सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘लामो दुरीका सार्वजनिक सवारी साधनहरुमा अनिवार्य दुईवटा चालक राख्ने व्यवस्था मिलाईएको र सडक सुशासन र सार्वजनिक यातायातको साधनहरुको सहज आवागमन र दुर्घटना न्यूनिकरण गर्न ठाँउ ठाँउमा ट्रफिक प्रहरीबाट  नियमित अनुगमनको व्यवस्था मिलाईएको, रिफ्रेसिङ सेन्टरहरुलाई सक्रिय बनाईएको छ।’

मिसावटयुक्त मासु तथा रोगी पशु पंक्षीको बिक्री वितरण हुन गर्न नदिन सम्बन्धित निकायसँग समन्वय गरी अनुगमन गरिएको र निगरानी सुरु गरिएको छ। सुनचाँदी पसल लगायत आर्थिक कारोबार धेरै हुने व्यवसायिक प्रतिष्ठानहरुको सुरक्षा प्रभावकारी बनाउन गोप्य रुपमा निगरानीबढाईएको जानकारी दिइएको छ।   खाली घरहरुको सुरक्षा व्यवस्था मिलाउन सादा पोशाकमा प्रहरी खटाउनुका साथैगस्ती परिचालन गरिएको तिम्लसिनाको भनाई छ।

तिहारको देउसी भैलोको समयमा हुनसक्ने झैझगडा र संभावित अन्य विवादको रोकथाम गर्न देउसी भैलो खेल्ने समय तोक्न स्थानीय प्रशासनसँग समन्वय गर्न अनुरोध गरिएको उनले जनाए।

प्रदेश प्रहरीका अनुसार पैदल गस्ती, साइकिल गस्ती र सवारी गस्तीलाई बढाईएको छ। सुरक्षा सम्बन्धि विविध जनचेतनामूलक कार्यक्रमहरु सुरु गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.