|

गाईघाट : उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्नेलाई जिल्ला अदालतले जनही १० वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ। 

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो। सजाय पाउने पाँच जनाको उमेर १५ वर्षदेखि १८ वर्ष रहेको छ।

जिल्ला अदालतका नायब सुब्बा कमला निरौलाका अनुसार १६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी भइरहेको छ। १५ वर्षीय अभियुक्तलाई भने सात वर्ष जेल सजायको फैसला भएको हो । 

२०७४ भदौ १६ गते पाँचै जनाले कटारीको खेलकुद मैदानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए। बालिकाको अभिभावकको उजुरीको आधारमा गत भदौ १७ गते चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कटारीले बलात्कारसमबन्धी मुद्दा दर्ता गरेको थियो। एक जना अझै फरार छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.