|

साँखु (काठमाडौं)  : कागेश्वरी मनहरा–६ स्थित एक भवनको तेस्रो तल्लाबाट हाम फाल्दा शुक्रबार राति दुई जनाको मृत्यु भएको छ। 

काठमाडौ‌ं महानगरीय प्रहरी परिसरले राति जुवाखालमा छापा मार्नलागेपछि हाम फाल्दा स्थानीय ४१ वर्षीय सरोज घले र सिन्धुपाल्चोक भोटेचौरका सुमन लामाको ज्यान गएको हो।गम्भीर घाइते उनीहरूको उपचारको क्रममा जुवा ललितपुरस्थित बीएण्डबी अस्पतालमा मृत्यु भएको हो।

घर बाहिरको 'च्यानल गेट'मा ताला लगाएर जुवा खेलाइएकोे टेण्डी शेर्पाको घरमा प्रहरीले राति १० बजे छापा मारेको हो। प्रहरीले जुवाखालबाट एक महिलासहित २३ जनालाई पक्राउ गर्नाका साथै चार लाख ५८ हजार रुपैयाँ र केही थान सुनका गरगहना बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले जानकारी दिए।

उक्त स्थानबाट केही खुकुरी र मोटरसाइकलका साथै जुवा खेलाउन प्रयोग गरिने केही सामग्री समेत बरामद भएको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.