|

गुल्मी :  जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी सिफारिस लिन आउने बढी देखिएका छन्। यो आर्थिक वर्षको पछिल्लो महिनामा मात्रै ९३४ जनालाई राहदानीका लागि सिफारिस गरेको कार्यालयले जनाएको छ।

प्रशासन कार्यालयबाट यो आर्थिक वर्षको दुई महिनामा ७२९ जनाले राहदानी प्राप्त गरिसकेका छन्। तीमध्ये भदौमा ३२८ र साउनमा ४०१ जनाले राहादानी लिएको नायब सुब्बा तुल्सीराम न्यौपानेले जानकारी दिए। राहादानी सिफारिसबाट भने प्रशासन कार्यालयमा ३१ लाख ७७ हजार ५०० राजस्व संकलन भएको छ। यसमध्ये भदौमा १३ लाख ९५ हजार र साउनमा १७ लाख ८२ हजार ५०० संकलन भएको छ। 

गुल्मीमा नाबालकले पनि राहादानी लिएका छन्। आफ्ना अभिभावकहरूसँग देशबाहिर जान नागरिकता नलिएका बालबालिकाले नाबालक राहादानी लिनुपर्ने हुन्छ। यो अर्थिक वर्षको भदौमा ५ र साउनमा ३८ गरी ४४ जनाले यस्तो राहादानी लिएका छन्।

जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष २०७५\७६ को पछिल्लो दुई महिनामा ९१४ नागरिकता वितरण गरेको छ, जसमध्ये वशंज ९१२ र वैवाहिक अंगीकृत दुईवटा वितरण गरिएको छ। तीमध्ये पनि वंशजतर्फका ३४६ र वैवाहिक अंगिकृत तर्फका दुईवटा नागरिकता भदौ र वंशजतर्फकै ५६६ नागरिकता साउनमा वितरण गरिएको थियो। जिल्लाबाट यो आर्थिक वर्षमा कसैलाई पनि अंगिकृत नागरिकता प्रदान गरिएको छैन।

भदौमा २०८ र साउनमा २७५ गरी ४८३ वटा प्रतिलिपी नागरिकता पनि वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तुल्सीराम न्यौपानेले जानकारी दिए। प्रशासन कार्यालयले भदौमा १२ जना सडक बालबालिकाहरूलाई अभिभावकको जिम्मा लगाएको थियो। भदौमा १६ र साउनमा २२ गरी ३८ बालबालिकाहरुलाई नाबालक परिचयपत्र वितरण गरेको कार्यालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.