|

काठमाडौं : विभिन्न अभियोगमा जेल जीवन भुक्तान गरिरहेका कैदीहरूले यसपालिको दशैँमा कैद मिनाह नपाउने भएका छन्। गणतन्त्र दिवस र दशैँको अवसरमा सरकारले असल चालचलनको आधारमा कैद सजायको ४० प्रतिशस कैद जीवन भुक्तान गरेकाहरूलाई कैद मिनाह गर्दै आएको थियो।

तर यसपालि कैद मिनाह नहुने भएपछि असल चालचलन भएका कैदीहरू निराश भएका छन्। केद्रीय कारागार सुन्धाराका जेलर वेदनिधि अधिरकारीका अनुसार गृह मन्त्रालयले यसअघि असल चालचलन भएका जघन्य अपराधका मुद्दामा कैद जीवन भुक्तान गरेका बाहेकका कैदी बन्दीहरूमध्ये ४० प्रतिशत कैद भुक्तान गरेका असल चालचलन भएका कैदीहरूको नामावली माग्ने गरेको थियो तर यसपालि गृह मन्त्रालयले नै नामावली नमागेको बताए।

गृह मन्त्रालय स्रोतका अनुसार नयाँ मुलुकी अपराध संहिताका कारण गणतन्त्र दिवसका अवसरमा कैद मिनाह भए पनि भदौबाट लागू भएको नयाँ अपराध संहिताका कारण दशैँमा कैदी बन्दीले मिनाह नपाएको बताए। मुलुकी अपराध संहिता, २०७४ को ३७ नं. बुँदाअनुसार कैदीबन्दीले कैद मिनाह पाउन जघन्य अपराधअन्तर्गत भष्टाचार, जबर्जस्ती करणी, राज्यविरुद्धको अपराध, मानव बेचबिखनविरुद्धको अपराध, लागूऔषध कारोबार, शरीर बन्धनबाहेकका अन्य अपराध मुद्दामा कम्तीमा ७५ प्रतिशत कैद जीवन भुक्तान गरेको हुनुपर्ने उल्लेख गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.