|

सिन्धुपाल्चाेक : जुगल गाउँपालिका ६ मा टिफर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घिच्चेमा ढुंगा लिएर जलविरे आउँदै गरेको टिपर आइतबार साझ दुर्घटना भएको हो। 
सडकबाट करिब २०० मिटर तल खसेर बा ४ ख ३३३१ नम्बरको टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा टिपरमा सवार बलेफी गाउँपालिका १ बस्ने ६० वर्षका मोहन श्रेष्ठको मृत्यु भएको डीएसपी विमलराज कँडेलले जानकारी दिए।

 टिपर चालक बाह्रविसे नगरपालिका ७ का रमेश श्रेष्ठ र सहचालक पाँचखाल नगरपालिका ५ का प्रवीण बानियाँ गम्भीर घाइते भएका छन्।  घाइतेको काभ्रेको धुलिखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.