|

काठमाडौं : मस्तिष्कघातका कारण ६ वर्षयता अर्धचेत अवस्थामा उपचाररत कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको अवस्था अत्यन्तै नाजुक भएको छ।  लामो समयदेखि अर्धचेत रहेका उनलाई आजै बाँसबारीस्थित न्युरो अस्पताल लगिएको र अवस्था झन् जटिल बनेपछि घरमा ल्याइएको  नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए। शर्माले शनिबार साँझ ५ बजेर ४ मिनेटमा थाहाखबरसँग कुरा गर्दै बास्तोलाको मृत्यु भइनसकेको बताएका छन्। परिवार स्रोतले दिएको जानकारीअनुसार दिउँसो तीनबजे चिकित्सकहरूले उनलाई 'ही इज नो मोर' भनिसकेका तर मृत्युको आधिकारिक घोषणा भने भइसकेको छैन।

०६९ साल पुस १४ गते मोरङको विराटनगरमा ‘बन्धु’ भेलालार्इ सम्बोधन गर्दागर्दै लडेका नेता बास्तोलालार्इ मस्तिष्कघात भएको थियो। मस्तिष्कघात भएपछि बास्तोलाको भारतको सिलिगुडी, मेदान्त अस्पताल गुडगाँव र काठमाडौंको न्युरो अस्पताल बाँसबारीमा उपचार गरिएको थियो। तर, उपचार सम्भव नभएपछि बास्तोलालार्इ पछिल्लो समय घरमै चिकित्सकहरूको निगरानीमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.