|

दाङ : युवा स्टार आकाश श्रेष्ठले दाङ जिल्लालाई फिल्म नगरीको रूपमा विकास गर्न सकिने बताएका छन्।

चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले आइतबार मंसिर ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ड्रिम गर्ल’ को टीमसँग आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नायक श्रेष्ठले दाङ जिल्लामा थुप्रै फिल्म सुटिङ गर्न सकिने सुन्दर अनि मनमोहक ठाउँहरू भएकाले अब सबै मिलेर फिल्म मेकर्सहरूलाई दाङसम्म ल्याएर फिल्म सुटिङ गर्ने वातावरण मिलाउनु पर्ने कुरामा जोड दिए। संघका अध्यक्ष धुव्रराज न्यौपानेको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा बोल्दै नायक  श्रेष्ठले आफू दाङकै भएकाले अब आफूले काम गर्ने फिल्मका सकेसम्म सबै नभए केही प्रतिशत दृश्य मात्र भए पनि दाङ जिल्लामा छायांकन गर्नको लागि निर्मातालाई आग्रह गर्ने बताए।

त्यस्तै कार्यक्रमका फिल्म ‘ड्रिम गर्ल’ का निर्माता तथा निर्देशक ऋषिराज आचार्यले फिल्म ‘ड्रिम गर्ल’ उत्कृष्ट फिल्म बनेकाले सबैले हेरेर साथ दिन आग्रह गर्दै फिल्म हेरर उचित प्रतिक्रिया दिन र त्यहीअनुसारले समाचार प्रचारप्रसार गरिदिन आग्रह गरे।

ड्रिम गर्ल’ चलचित्र नेपाल र थाइल्याण्डमा खिचिए छ। चलचित्रमा नायक आकाश श्रेष्ठ, नायिका आश्मा गिरी ,शिशिर भन्डारी, विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतले पनि अभिनय गरेका छन्। आरबि मुभीजको ब्यानरमा बनेको चलचित्रको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.