|

भक्तपुर : बडादशैंको टीकाका दिन भक्तपुरको प्रसिद्ध ब्रह्मायणी शक्तिपीठमा ठूलो मेला लागेको छ। । धार्मिक तथा सांस्कृतिक रुपले महत्त्वपूर्ण मानिने ब्रह्मायणी शक्तिपीठको दर्शन र पूजाका लागि प्रत्येक वर्ष टीका दिन भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ। 

टीकाका दिन ब्रह्मायणी र नवदुर्गा देवगणको पूजा र दर्शन गर्नाले सुख, शान्ति, र समृृद्धि मिल्छ भन्ने जनविश्वास रहेको छ। ब्रह्मायणी देवीको दर्शन र पूजा गर्न  भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेलगायतका स्थानहरुवाट भक्तजनहरु आएका छन्।

टीकाका दिन बिहानैदेखि भक्तपुरको टोलटोलमा परम्परागत धिमेबाजा, बाँसुरी, धाँ बाजाका टोलीहरु समेत बह्मायणी मन्दिर पुगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.