|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएकी छन्। राष्ट्रपतिको कार्यालय शितल निवासमा राष्ट्रपति भण्डारीले दिउँसो ३ बजेपछि सर्वसाधारणलाई टीका लगाइदिएकी हुन्। 

यसअघि राष्ट्रपतिले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरूलाई टीका लगाइदिएकी थिइन्। उनले विशिष्ट व्यक्तित्व तथा संवैधानिक निकायका प्रमुख र सुरक्षा निकायका प्रमुख एवं सरकारी उच्च पदस्थ अधिकारीलाई टीका लगाइदिएकी थिइन्। 

राष्ट्रपतिको हातबाट टीका थाप्न बालबालिकादेखि वृद्धवृद्धासम्म शितल निवास पुगेका थिए। राष्ट्रपति निवासमा टीका थाप्नेहरूको लामो लाम लागेको थियो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.