|

अष्ट्रेलियाविरुद्धको टेष्ट क्रिकेट श्रृंखला पाकिस्तानले एक शून्यले जितेको छ। दोश्रो टेष्टमा ३ सय ७३ रनको जित हात पार्दै पाकिस्तानले २ टेष्टको श्रृंखला जितेको हो।

पहिलो टेष्ट बराबरीमा सकिएको थियो। ५ सय ३८ रनको लक्ष्य पाएको अष्ट्रेलिया दोश्रो पारीमा मात्र १ सय ६४ रनमा अल आउट भयो। अष्ट्रेलियालाई सस्तैमा रोक्न पाकिस्तानका यासिर साहले पाँच तथा मोहम्मद अब्बास र बिलाल आसिफले दुई दुई विकेट लिए। अष्ट्रेलियाका मार्नुसले सबैभन्दा धेरै ४३ रन बनाए भने ट्राभिस हेडले ३६ र आरोन फिन्चले ३१ रन बनाए।

पहिलो पालीमा १ सय ३७ रनको अग्रता लिएको पाकिस्तानले दोश्रो पालीमा ९ विकेट गुमाएर ४ सय रन बनाउँदै पाली समाप्तिको घोषणा गरेपछि अष्ट्रेलियाले ५ सय ३८ रनको लक्ष्य पाएको थियो।

दोश्रो पालीमा पाकिस्तानका बाबर आजमले ९९, सर्फराज अहमदले ८१, फखर जमानले ६६ र अजहर अलीले ६४ रन बनाएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.