३३ जना घाइतेको पुरानो मेडिकल कलेजमा उपचार हुँदै

|

नवलपरासी : पूर्व-पश्चिम रामार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका ११ अरुणखोलामा बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ। दुर्घटनामा परी मृत्यु भएका पाँचजनाको बिहानै सनाखत भए पनि एक जनाको सनाखत हुन सकेको थिएन।

सनाखत हुन बाँकी रहेका पुरुष भारत उत्तर प्रदेश गोरखपुरका ५५ वर्षीय दीपक पाश्वानको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा गुल्मी हस्तचौर गाउपालिका २ बस्ने ३५ बर्षका नेपाली सेनामा कार्यरत तिलक विष्टको ज्यान गएको थियो। दुर्घटना स्थलमा पाँच जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा जिल्ला मोरङ सुन्दर हरैचा १२ का ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढी ६ का २७ वर्षीय रामजित राई, सुनसरी घर भई जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पश्चिममा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी, भारत बिहार बस्ने विद्यानन्द यादव  र भारत उत्तर प्रदेश गोरखपुरका ५५ वर्षीया दीपक पाश्वान रहेका छन्।

ईटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४ ५४ नम्बरको बस आइतबार बिहान ५ बजेको समयमा दुर्घटनामा परेको थियो। बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताए।

दुर्घटनामा परी घाइते भएका मध्ये ३३ जनाको मात्र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। अन्य घाइतेहरू उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.