|

काठमाडौं चक्रपथ (रिङ रोड)मा विद्युतीय सवारी साधन चलाउन सरकारले अध्ययन सुरु गरेको छ। बढ्दो प्रदूषण घटाउन नगर विकास कोषले चध्रपथमा ठूला विद्युतीय सवारी साधान चलाउन अध्ययन सुरु गरेको हो।

कान्तिपुर दैनिकका अनुसार ‘ग्रीन कल्लाइमेट फन्ड’ बाट लगानी जुटाएर सिङ रोडको आठ लेनमा विद्युतीय सवारी साधन चलाउने तयारीस्वरूप अध्ययन सुरु गरेको कोषका कार्यक्रम प्रमुख सुमनमेहर श्रेष्ठले जानकारी दिए। ‘पहिलो चरणमा नमुनाका रूपमा चक्रपथमा अध्ययन गर्दैछौँ’, उनले भने, ‘त्यसपछि देशका अनय सहरमा पनि लागू गर्नेछौँ।’

मेट्रो ट्रेन, मोनो रेलभन्दा निकै सस्तो र न्युन जोखिम भएको भन्दै उनले तीन वर्षभित्र पूरै शहरमा विद्युतीय सवारी साधन चलाउन सकिने श्रेष्ठको दाबी छ। ‘मेट्रो रेल बनाउँदा संरचना भत्काउनुपर्छ। क्षतिपूर्ति दिनुपर्छ’, उनले भने, ‘अन्डर ग्राउन्ड पूर्वाधार बनाउनुपर्छ। तर यो निकै सस्तो छ र चाँडै सम्पन्न पनि हुन्छ।’

भारतको अहमदावाद, कोलम्बिषको बगौटा, इन्डोनेसियालगयत विभिन्न मुलुकमा विद्युतीय सवारी साधन सफल भएको उनको दाबी छ। उपत्यकाका प्रत्येक रुटमा ठूला विद्युतीय साधन उपयुक्त हुने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.