|

लहान : सवारी साधन चेकजाँचको क्रममा सिरहाको मिर्चैया प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यलाय मिर्चैयाले पूर्व–पश्चिम सडकमा सवारी साधन जाँच गर्ने क्रममा प्रहरीले नलकटुवा पेस्तोलसहित मिर्चैया नगरपालिका–१० पिपराका २० वर्षीय मुकेशकुमार महतोलाई पक्राउ गरेको हो। 

पक्राउ गरिएका महतोलाई थुनामा राखी थप अनुसन्धान गरिरहेको मिर्चैयाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.