|
फाइल फोटो

काठमाडौं : बडादशैँको टीकापछिको तेस्रोदिन पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा टीका लगाउने सर्वसाधारणको संख्या उल्लेख्य रहेको छ।

सरकारले एकादशीसम्म मात्रै दशैँ बिदाको समय दिएको भए पनि प्रधानमन्त्रीको सचिवालयले चतुर्थीसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले टीका लगाइदिने बताएपछि कार्यकर्ता तथा सर्वसाधरण सोमबार पनि टीका लगाउन बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री ओली सोमबार बिहानैदेखि पनि बालुवाटार पुगेकाहरूलाई टीका र जमरा लगाउन व्यस्त रहेका छन्। आइतबार पनि प्रधानमन्त्री टीका र जमरा लगाउनमै व्यस्त रहेका थिए।

यस अघिका प्रधानमन्त्रीले टीका पछिका दिनमा पनि यसरी सर्वसाधरण र कार्यकर्तालाई टीका लगाउने गरेका थिएनन्। यसपटक भने प्रधानमन्त्री ओलीले चतुर्दशी सम्म सर्वसाधारणलाई टीका लगाउने भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.