|

काठमाडौं : महासमिति बैठक बस्न २३ दिन मात्रै बाँकी रहँदा नेपाली कांग्रेसले बैठकको तयारी तीव्र पारेको छ। गुटगत राजनीतिको छिनोफानो र आगामी भविष्य निर्धारण गर्नका लागि मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक बस्दैछ। 

बैठक काठमाडौंको भृकुटीमण्डपमा बस्नेछ। कांग्रेसले यअिघि नै काठमाडौं जिल्ला सभापतिको संयोजकत्वमा स्थानीय व्यवस्थापन समितिसमेत गठन गरिसकेको छ। उक्त बैठकको तयारीका लागि कांग्रेसले पाँच उपसमितिसमेत गठन गरेको छ। महासमिति बैठकका लागि गठन गरिएको भोजन व्यवस्थापन उपसमिति संयोजकमा कांग्रेस भक्तपुर सचिव उद्धव सिलवाल र सह–संयोजकमा ललितपुर सचिव भीमसेन घिमिरे रहेका छन्। 

यस्तै, मञ्च तथा प्रचार–प्रसार व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी कांग्रेस काठमाडौं कोषाध्यक्ष गोविन्द पुडासैनीले पाएका छन्। उक्त समितिको सहसंयोजक ललितपुर कोषाध्यक्ष कर्मा व्यञ्जनकार र भक्तपुर कोषाध्यक्ष विजेश अवाल रहेका छन्। 

यसैगरी बैठकमा स्वयंसेवक व्यवस्थापनका लागि गठन गरिएको उपसमितिको संयोजकको जिम्मेवारी ललितपुर सचिव भीमसेन घिमिरेले पाएका छन्। उक्त समितिको सहसंयोजकमा भक्तपुरका सहसचिव किरण न्यौपाने छन्। 

महासमिति बैठकका लागि गठन भएको स्थानीय व्यवस्थापन सचिवालय उपसमितिको जिम्मेवारी भक्तपुर सचिव निशान ढुंगेलले पाएका छन्। आर्थिक व्यवस्थापनको जिम्मेवारी भने उपत्यकाका तीन जिल्लाका सभापतिहरुले लिएका छन्। आर्थिक व्यवस्थापन समितिमा काठमाडौं सभापति कृष्ण (सवुज) बानियाँ, भक्तपुर सभापति दुर्लभ थापा र ललितपुर सभापति मदन अमात्य रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.