|

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ।

सर्लाहीको रामनगर गाउँपालिका ४ मा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा रामनरेश महतोको मृत्यु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए।

५० वर्षीय मृतक आफ्नो कार्यकर्ता रहेको नेपाली कांग्रेसले दाबी गरेको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.