|

काठमाडौं : जावलाखेलमा १२ औँ गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी तथा मेला सुरु भएको छ। बिहीबार प्रदेश ३ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पुष्प मेलाको उद्घाटन गरेका हुन्। उक्त मेला चार दिनसम्म चल्ने आयोजकले जनाएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपालले प्रत्येक वर्ष यो मेला आयोजना गर्दै आएको छ। एोसिएसनका वरिष्ठ उपाध्यक्ष मीनबहादुर तामाङले नेपालमा २०११ बाट सामान्यस्तरमा सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै काठमाडौ उपत्यका बाहेक पोखरा, नारायणघाट, हेटौँडा लगायतका सहरमा समेत फैलँदै गएको बताए । 

एसोसिएसनका अनुसार आर्थिक वर्ष ०७४/७५ सम्म आइपुग्दा ६९७ व्यवसायीले यो व्यवसाय गरिरहेका छन्। त्यस्तै, ४३ जिल्लामा पुष्प व्यवसाय विस्तार भएको र १५५ हेक्टर क्षेत्रफलमा व्यवसाय हुँदा ४३ हजार ५ सय बढी यसमा आश्रित बनेका छन्। मेलामा ४४ वटा व्यावसायिक स्टल, सूचनामूलक ३ र गोदावरी फूलको प्रतिश्पर्धात्मक प्रदर्शनीस्टल एकसहित जम्मा ४८ वटा प्रदर्शनी कक्ष रहेका छन्। जसमा गोदावरी फूलका ४५ प्रकारका फूल विरुवासहित ४५० प्रकारभन्दा बढीका फूल विरुवा रहेको आयोजकले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.