|

सुर्खेत : कर्णाली प्रदेश सरकारका काम कारबाहीको समीक्षा गर्न कर्णाली प्रदेशको सत्तारुढ दल नेकपाको संसदीय दलको बैठक संसदीय दलको कार्यालय वीरेन्द्रनगरमा बसेको छ। विशेष गरी बजेट विनियोजनको विषयलाई लिएर सत्तारुढ दलका सांसदले नै तीव्र असन्तुष्टि व्यक्त गरेपछि संसदीय दलको बठैक बसेको हो।

सरकारले बजेटको सन्तुलन नमिलाएको भन्दै बैठकमा पनि सांसदले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेको सांसद बिन्दमान बिष्टले बताए। सांसदले सरकारको विरोध गरेको नभई सरकारको कार्यशैलीप्रति असन्तुष्टि मात्र व्यक्त गरेको सांसद बिष्टको भनाई थियो। ‘विशेष गरी मन्त्रीहरूले आफ्ना जिल्ला र क्षेत्रमा बजेट बढी हालेको र बजेटमा सन्तुलन नमिलाएको भनी असन्तुष्टि पोखेका छन्’ उनले भने, ' सरकाको काम कारबाही सच्चाउनु पर्ने कुरा पनि उठेको छ।’

नेकपाका अर्का सांसद रातो कामीले सरकार र सांसदका बीचमा भएका फरक बुझाइका बारेमा छलफल भएको बताए। ‘खासगरी सरकार र सत्तारुढ दलका सांसदको बुझाइमा एकरूपता ल्याउनको लागि संसदीय दलको बैठक बसेको हो’ कामीले भने। कर्णालीमा सत्तारुढ दल नेकपाले अहिलेसम्म संसदीय दलको नेताको चयन गर्न सकेको छैन।

यसअघि एक कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नै पार्टीका सांसदले असहयोग गरेको भन्ने समाचार प्रकाशित भएको थियो। बैठक शुक्रबार बिहान ७ बजे फेरि बस्ने गरी स्थगित भएको सांसद बिष्टले जानकारी दिए।

शुक्रबारको बैठकमा सरकारका मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.