|

बुटवल : रुपन्देहीको विभिन्न स्थानमा किसानले काटेको धानमा थ्रेसर लगाउँदा गाउँ धुलाम्मे भई वातावरण नै प्रदूषित भएको छ। धानमा थ्रेसर लगाउँदा निस्केको धुलोले वातावरण प्रदूषित हुनुका साथै स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकले बताउँछन्। जिल्लाको सैनामैना नगरपालिका, बुटवल उप–महानगरपालिका, शुद्धोधन गाउँपालिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका, सियारी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका लगायतका स्थानमा कृषकले काटेको धान खेतमा नै थ्रेसर लगाउँदा अत्यधिक धुलो निस्कने गरेका छ। 

वरिष्ठ फिजिसियन डा. नन्दु पाठक थ्रेसरबाट निस्केको धुलोले ‘ब्रोडकाइटिस’, निमोनिया लगायतको स्वास्थ्य समस्या देखा पर्नसक्ने र खासगरी दमका बिरामीलाई धेरै अप्ठेरो हुनसक्ने बताउँछन्।

उनले धुलोको कणसहितले मानिसलाई श्वाशप्रश्वासमासमेत असहज हुने जानकारी दिँदै त्यस्तो धुलोबाट बच्न आग्रह गरे। काटेको धानमा थ्रेसर लगाएर धानको फल निकालिन्छ। 

विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषण मापनका लागि १० पर माइक्रोमिटरभन्दा सानो भन्ने मापन विन्दु तय गरेको छ। हावामा साना कणको संख्या जति धेरै भयो उति यसका गुणस्तर कम ठानिन्छ। साना कणले स्वास्थ्यमा बढी समस्या सिर्जना गर्छ। हावामा रहने विभिन्न हानिकारक वस्तु तथा रसायनका कणलाई विज्ञानसम्मत वर्गीकरण र व्याख्या गरिन्छ। त्यस अनुसार दुई दशमलव पाँच पिएमभन्दा साना कर्णलाई खतरनाक मानिएको छ। 

हावामा रहने विभिन्न हानिकारक वस्तुले घाँटी चिलाएजस्तो हुने, खसखस हुने, औषधि खाँदा कम भएजस्तो हुने तर ठीक नहुने, खकार नआउने तर निकाल्न मन लागिरहने जस्ता स्वास्थ्य समस्या धुलोका कारण निम्तिएको चिकित्सकले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.