|

इन्डोनेसियाको बालीमा जारी चौथो भोभिनम एसियन च्याम्पियनसिपमा नेपालका तर्फबाट ७२ केजी तौल समूहमा अजय बुढाथोकीले रजत पदक जितेका छन्।

बुढाथोकी क्वाटरफाइनलमा बाइ पाएर सेमिफाइनलमा प्रवेश गरेका थिए। सेमिफाइनलमा कम्बोडियाका खेलाडीलाई हाराउँदै फाइनलमा पुगेका बुढाथोकी फाइनलमा भने भियतनामका खेलाडीसँग पराजित हुँदा रजत पदकमा चित्त बुझाउन पुगके हुन्।

बुढाथोकीले यसअघि पनि मिक्स मार्सल आर्टमा विभिन्न पदक जित्नुका साथै विश्व च्याम्पियनसिपमा समेत सहभागिता जनाइसकेका छन्।

मार्सलआर्ट अर्गनाइजेसन नेपालले चार सदस्यीय टोली प्रशिक्षक द्वय सिताराम हुमागाँई, राजेश तामाङ र खेलाडी अजय बुढाथोकी, पुकार हुमागाँई गत कार्तिक १५ गते इन्डोनेसिया प्रस्थान गरेका थिए।

त्यसै गरी अजय र पुकारले सेट फाइट इभेन्टमा पनि नेपाललाई कास्य पदक दिलाउन सफल भएका छन्। सेट फाईटमा ६.८ स्कोर प्राप्त गर्दै उनीहरूले कास्य पदक जितेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.