|

हेटौँडा : चीनको सान्यामा मंसिर २२ गते हुने मिस वर्ल्ड प्रतियोगिताको लागि मिस नेपाल श्रृंखला खतिवडा शुक्रबार भाइटीकाका दिन सान्या जाने भएकी छिन्। मंसिर २२ गते चीनको सान्यामा हुने मिस वर्ल्ड प्रतियोगिताको नेपालको प्रतिनिधित्व गर्दै शुक्रबार सान्या प्रस्थान गर्न लागेकी हुन्।

एक महिनासम्म प्रतियोगिताको लागि विभिन्न तालिमहरू हुने भएकाले उनी शुक्रबार नै त्यसतर्फ प्रस्थान गर्ने भएकी हुन्। खतिवडाले त्यहाँ संसारभरका विभिन्न देशबाट आएका १२० सुन्दरीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। व्युटी प्याजन्टअन्तर्गत विभिन्न इभेन्टमा उनीहरूको ट्यालेन्टको आधारमा मिस वर्ल्ड छनोट हुनेछ।

मिस नेपाल खतिवडाका अनुसार प्रतियोगिताको लागि फरक इभेन्टमा प्रतिस्पर्धा हुने गर्छ। त्यसमध्ये एक हो-ब्युटी विथ अ पर्पस् अर्थात् उद्देश्यसहित सौन्दर्य। यसका लागि विभिन्न देशका सुन्दरीले आ-आफ्नो उद्देश्यसहित वृतचित्र प्रस्तुत गर्नुपर्ने हुन्छ। मिस नेपाल वर्ल्ड हुनुअघि नै उनले महिला तथा बालबालिकाको क्षेत्रमा सहयोग गर्दै आएकी र त्यसपश्चात् पनि यस्ता काममा निरन्तर लारिहेकी छन्।

खतिवडाले प्रतिष्पर्धामा कामको डकुमेन्ट्रीसमेत प्रस्तुत गर्नुपर्ने हुन्छ। त्यसको लागि उनले गृहजिल्ला मकवानपुरको कैलाश गाउँपालिका ७ भार्ताको चेपाङ बस्तीकाे रिपोर्ट प्रस्तुत गर्ने तयारी रहेकाे जानकारी दिइन्। त्यहाँका वृद्धवृद्धा, बालबालिकासँग भएका कुराकानी तथा समस्याको रिपोर्ट र समस्याको हल गर्ने विषयमा आफूले गरेको प्रयासलाई देखाउने उनको तयारी छ।

मिस वर्ल्डमा श्रृंखलाले नेपाली संस्कृति झन्किने प्रस्तुति पनि दिने बताइन्। इन्ट्री भिडियो सुटका लागि नेपाली दक्ष भिडियोग्राफी टोलीसँगै आफू केही दिनअघि रसुवाको गोसाइँकुण्ड गएको उनले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.