|

भारतले वेस्ट इन्डिजविरुद्धको ३ खेलको टि–२० सिरीज एक खेलअगावै कब्जा गरेको छ। लखनउमा मंगलबार भएको दोस्रो टि–२० मा भारतले रोहित शर्माको शतकीय पारीमा ७१ रनको सानदार जित हासिल गर्‍यो।

जितपछि भारतले सिरिजमा २–०को अग्रता बनाउँदै सिरिज कब्जा गर्‍यो। यी दुईबीचको अन्तिम टि–२० चेन्नईमा ११ नोभेम्बरमा हुनेछ।

जितसँगै भारतले लगातार आठौँ सिरिज कब्जा गर्‍यो। भारतले पछिल्लो पटक २०१७ मा वेस्टइंडिजलाई १–० ले पराजित गरेको थियो। त्यसयता भारतले सात द्विपक्षीय सिरीज र एक टि–२० प्रतियोगितामा जित हासिल गरेको छ। जसमा न्युजिल्यान्ड विरुद्धको एक सिरिज बराबरी भएको छ।

वेस्ट इन्डिजविरुद्ध भारतले पहिलो ब्याटिङ गर्दै १९० रनको विशाल स्कोर तयार गर्न सफल भयो। जवाफमा विन्डिज १२४ रनमा नै समेटियो। भारतका कप्तान रोहित शर्मा एक्लैले १११ रनको सानदार पारी खेले। उनको यो फर्मयाटमा चौथो शतक हो। उनी चौंथो सतक प्रहार गर्ने विश्वका एकमात्र खेलाडी बने।

यसअघि उनले कोलिन मुनरो समान तीन शतक प्रहार गरेका थिए। सर्वाधिक रन बनाउने खेलाडीमा भने रोहित मार्टिन गुप्टिलभन्दा पछि छन्। उनले ७५ खेलमा २२ सय ७१ रन बनाएका छन्। रोहितले भने ८६ खेलमा २२ सय ४ रन बनाए। यद्यपि सर्वाधिक रन बनाउने भारतीय खेलाडी भने बन्न सफल भए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.