|

रसुवा : लाङ्टाङ यात्राबाट फर्केका एक विदेशी पर्यटकको बुधबार बिहान धुञ्चेमा निधन भएको छ। 

धुञ्चेस्थित एक होटलमा राहधानी नम्बर १० सी ए ८००३९ भएका फ्रान्सका ६५ वर्षीय नागरिक हर्भे गुलटासको निधन भएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए। 

सामान्य रुघाखोकी लागेपछि उनी भ्रमण छोट्याइ काठमाडौँतर्फ फर्किने क्रममा थिए। उनको साथमा श्रीमतीसमेत रहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.