|

काठमाडौं : मानिसहरूले आफ्नो खानपानलाई ध्यान नदिँदा विभिन्न प्रकारको शारीरिक समस्या भोग्ने गर्छन्। शरीरलाई स्वस्थ राख्न हामीले सन्तुलित खानेकुरा खानुपर्छ। अझ हामीले खाने खानेकुरामा पर्याप्त मात्रामा फलफूल हुनु आवश्यक छ। फलफूलमा पर्याप्त मात्रामा पोषण, भिटामिन सी, ए, फाइबर पाइन्छ।

शरीरमा तौल सन्तुलित राख्न पनि प्रशस्त मात्रामा फलफूल खानुपर्ने हुन्छ। अझ केही फलफूलको नियमित सेवनले हाम्रो शरीरको तौललाई नियन्त्रणमा राख्नसमेत सहयोग गर्छ।

यी फलफूल नियमित सेवन गर्नाले शरीरको तौल नियन्त्रित हुन्छ

मेवा

मेवामा क्याल्सियम, भिटामिन, आइरन, मिनरल तथा फास्फोरस प्रशस्त मात्रामा पाइन्छ। यसले हामीले खाएको खानेकुरालाई राम्रोसँग पचाउने गर्छ। यस्तै, शरीरमा क्यालोरी सँगालेर राख्ने गर्छ, जसले गर्दा भोक धेरै लाग्ने समस्याबाट छुट्कारा पाइन्छ।

तरबुजा

तरबुजामा क्यालोरी कम हुने र पानी धेरै हुने भएकाले तरबुजा खाने गर्नाले शरीरको तौल बढ्न दिँदैन। मोटोपनको समस्या भएकाहरूले नियमित रूपमा तरबुजाको जुस खाने गर्नाले मोटोपन घटाउनुका साथै थप तौल बढ्न दिँदैन।

केरा

एउटा कोसा केरामा १०५ क्यालोरी हुने गर्छ, जसले गर्दा शरीरमा ऊर्जा प्रदान गर्नुका साथै यसले शरीरमा तौल बढ्नबाट जोगाउँछ। यस्तै, केराले उच्चरक्तचापबाट बचाउनुका साथै एसिडिटीबाट समेत बचाउने गर्छ।

नासपाती

नासपातीमा प्रशस्त मात्रामा फाइबर हुने हुनाले यसको सेवनले मोटोपनबाट जोगाउँछ। नासपाती सेवन गर्दा भोकको अनुभव हुँदैन, जसले गर्दा खानेकुरा धेरै नखाइने हुनाले शरीरमा तौल बढ्नबाट रोकिन्छ।

आँप

आँपमा प्रशस्त मात्रामा, मैग्निसियम, एन्टीअक्सिडेन्ट हुने गर्छ। यसले गर्दा आँपको सेवनले पनि शरीरमा तौल कम गर्न सहयोग गर्छ।

स्ट्रबेरी 

 स्ट्रबेरीको नियमित सेवनले पनि शरीरमा तौल बढ्न दिँदैन। स्ट्रबेरीमा पनि प्रशस्त मात्रामा क्यालोरी हुने हुँदा यसको सेवनले भोक कम लाग्ने गर्छ।

अनार

अनारको सेवनले शरीरको तौल बढ्न दिँदैन भने यसको नियमित सेवनले शरीरमा शक्ति प्रदान गर्नुका साथै रक्तअल्पता भएकाहरूलाई समेत फाइदा गर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.