|

दाङ : तिहारको अवसरमा मिठासपूर्ण स्वर घन्काउँदै घरघरमा देउँसी भैलो आउने गर्छन्। तर पछिल्लो समय सुरिलो स्वरमा देउँसी भट्याउने, मादल र खैंजडीको तालमा नाच्दै देउसी भैलो खेल्ने समूहको निकै कम भइसकेका छन्। मौलिक देउँसी-भैलो हराइ रहँदा दाङका पत्रकारहरूका दुई छुट्टाछुट्टै भैलोले भने दाङमा त्यसको स्मृति गराएका छन्।

साउण्ड सिष्टम घन्काउँदै भैलो खेल्नेको माँझमा क्रियाशील पत्रकार दाङ र नेपाल प्रेस युनियन दाङले खेलेका छुट्टा-छुट्टै भैलोलाई तुलसीपुरमा हेर्नेहरूको संख्या पनि उल्लेख्य छ। यो देउसी भैलोको मौलिकता बचाउन सकिन्छ कि भनेर यसप्रकारको भैलो खेलिएको पत्रकार गणेश आचार्यले बताए। ‘अहिलेको युवा जमात देउसी भैलोमा मौलिकता छाडेर साउण्ड सिष्टममा नाच्न थालेकोले परम्पराको निरन्तरताका लागि मादल, खैचेरी, बाँसुका साथमा भैलो खेलिएको नेपाल प्रेस युनियनका उपाध्यक्ष नारायण खड्काले बताए।

देउसीको मौलिकता पूरै हराउन लाग्यो, मादल ठटाउँदै, ‘देउसी र भैलोमा सुनिने सुमधुर स्वरहरू पछिल्ला दिनमा साउण्ड सिष्टम गाडीमा राखी पप र र्‍यापमा गुन्जिन थालेकाको प्रति पत्रकार सुशील बस्नेतले चिन्ता ब्यक्त गरे। आजभोलि हाइभोल्टेज साउन्ड सिस्टम लगाएर भैलो खेलिँदा, वातवरणमा समेत नराम्रो असर पर्ने उनले बताए।

स्थानीय सरकारले ठूलो स्वरमा भैलो खेल्न अनुमति दिएको छैन। तर पनि त्यसको बेवास्तामा साउण्ड सिस्टमबाट बजार प्रतिकूल ध्वनि बजिरहेका छन्। भैलो र देउसी खेले बापत स्वीकार गरेर दिइने हाँसीखुसी दक्षिणा आजभोलि हाकीहाकी माग्न थालिएको छ। देउसी-भैलोमा आशिष दिएर गक्ष अनुसार दान लिनुपर्नेमा जर्वजस्ती गर्ने चलन पनि बढदै गएको छ। स्थानीय प्रशासनले राति १० बजेसम्म मात्र देउसी भैलो खेल्ने अनुमति दिएको छ।

राति अबेरसम्म गाउँ गाउँ डुलेर खेलिने देउसीको चलन विस्तारै कम हुँदै गएको छ। झैझगडा गर्ने र हो हल्ला गर्ने समूहहरूलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले राती १० बजेसम्म मात्रै देउसी खेल्न पाइने उर्दी जारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.