राजनीति

गाउँ-गाउँमा साना उद्योग खोल्छौँ : मन्त्री भट्ट
SHARES

कात्तिक २१, २०७५

    डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले जनताको जीवनस्तर उकास्नको लागि औद्योगिक विकास आवश्यक रहेको बताएकी छन्। बुधबार डडेल्धुरामा आयोजित एक कार्यक्रममा मन्त्री भट्टले सरकारको जनतालाई रोजगारीसँग जोड्ने उद्देश्य रहेको बताएकी हुन्। उनले जनताको जीवनस्तर उकासन सरकारले गाउँ-गाउँमा साना उद्योग खोल्ने बताइन्।

    ठूला मझौला घरेलु उद्योगहरू स्थापन गर्नेतिर पनि सरकारले योजना बताइरहेको उनको भनाइ थियो। उनले कामसँग जनतालाई जोड्ने उद्देश्यले गाउँमा भटमास, जुसलगायतका उद्योगहरू सञ्चालन गर्ने बताइन्।

    सुदूरपश्चिम प्रदेशमा पर्यटनका धेरै नै सम्भावनाहरू रहेको उल्लेख गर्दै उनले यहाँको पर्यटन विकासमा सरकार योजनाबद्ध ढंगले काम गरिहरेको बताइन्। अहिले छुट्याएको बजेटले धेरै काम नभए पनि सरकारलले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ थियो।

    उनले शुरुमा यहाँका पर्यटकीय क्षेत्रको आन्तरिक रूपमा प्रचार-प्रसार गर्नु पर्नेमा जोड दिइन्। यस क्षेत्रलाई सबैको आकर्षकको केन्द्रविन्दू बनाउनका लागि पर्यटन मन्त्रालयबाट योजना बनाइरहेको उनले जानकारी समेत दिइन्।

    अहिले औद्योगिक विकास र पर्यटनको विकास गर्नु जरुरी रहेको उनको भनाइ थियो। यी दुईवटा कामले यस क्षेत्रका नागरिकलाई अग्रस्थानमा पुर्‍याउनको उनको दाबी छ। उनले यसका लागि संघीय सरकार, प्रदेश र स्थानीय सरकारले पूर्वाधार तयार गर्नतर्फ लाग्नु पर्ने औँल्याइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]