|

काठमाडौं : रानीपोखरीबीचको बालगोपालेश्वर मूर्ति तीन वर्षदेखि राष्ट्रिय संग्रहालय, छाउनीमा छ। दिदी–बहिनी नहुनेका लागि वर्षमा एक पटक मात्रै खुल्ने मन्दिरमा यही मूर्ति साक्षी राखेर भाइटीका लगाउने परम्परा थियो।

भुइँचालो आएपछि पनि यो परम्परात रोकिएको छैन। तर, त्यस दिनका लागि हरेक वर्ष संग्रहालयबाट यहाँ मूर्ति ल्याउनुपर्छ। कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार यो वर्ष पनि भाइटीकालाई मूर्ति ल्याउने तयारी भइरहेको छ।

सरोकारवाला निकायको ‘बखेडै–बखेडा’ले यसको पुनर्निर्माणमा अन्योल सिर्जना भएको छ। २०७३ सालको भाइटीकामै खोल्ने गरी निर्माण गर्ने तयारी भइरहेको थियो यो मन्दिर। २०७२ माघ २ मा राष्ट्रिय भूकम्प दिवसको अवसर पारेर राष्ट्रपति विद्या भण्डारीले पुनर्निर्माणको शिलान्याससमेत गरेकी थिइन््। महानगरले शिलान्यास भएको पाँच महिनापछि पुनर्निर्माण सुरु गरेको थियो। तर यसको निर्माण गर्दा प्राचीन स्मारक संरक्षण ऐनविपरीत भएपछि सम्पदा संरक्षण अभियन्ताले विरोध गरेका थिए। त्यसपछि निर्माण रोकिएको थियो। त्यसयता पोखरी सुकेको छ। मन्दिर लथालिंग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.