विश्व

अमेरिका उत्तर काेरिया वार्ता स्थगित
SHARES

कात्तिक २२, २०७५

    अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाली एक उच्च अधिकारीसँग न्यूयोर्कमा भेट हुने गरी तय भएको अमेरिकी राष्ट्रपतिको भेटवार्ताको कार्यक्रम एक्कासी रोकिएको बताएको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली उच्च अधिकारीसहितको एक प्रतिनिधिमण्डलसँग बिहीबार हुने गरी बनाइएको कार्यक्रम तत्कालका लागि रोकिएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हिदर नौएटले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। राष्ट्रपतिसँगको भेटवार्ता छिट्टै तर अर्को मितिमा हुने गरी सरेको विदेश मन्त्री माइक पोम्पेओले बताए। विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भेटवार्ताको मिति सर्नुको कारण खुलाइएको छैन। 

    यद्यपि, अमेरिकाले उत्तर कोरियालाई प्रतिबन्ध हटाउनुपर्ने माग अघि सारेकाले भेटवार्ता तत्कालका लागि हुने सम्भावना नदेखिएको विदेश मन्त्रालय सम्बद्ध केही अधिकारीले नाम नखुलाउने शर्तमा बताए। अमेरिकी विदेश मन्त्रालयले एक दिन पहिले उत्तर कोरियाली नेता किम जोङ अनको दायाँ हात मानिने किम योङ चोलसँग भेट्ने जानकारी गराएको थियो। तर बुधबार एकाएक उक्त भेटवार्ताको कार्यक्रम रद्द भएको जनाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]