|

युरोपियन च्याम्पियन्स लिग फुटबलमा युभेन्टसले २००९ पछि समूहचरणमा पहिलोपटक घरेलु मैदानमा पराजय व्‍यहोरेको छ। म्यानचेस्टर युनाइटेडविरुद्ध बुधबार भएको खेलमा युभेन्टस अन्तिम पाँच मिनेटभित्र लगभग दुई गोल खान पुगेपछि २–१ ले पराजित भयो। समूहचरणमा यसअघि युभेन्टस घरेलु मैदानमा २००९ मा वार्यन म्युनिखसँग पराजित भएको थियो। त्यो समयमा म्युनिखले १९  खेलको अपराजित यात्रालाई पूर्णविराम लगाएको थियो। 

इटालीयन जाइन्ट युभेन्टसको घरेलु मैदान टुरिनमा बुधबार राति भएको समूह चरणको खेलमा इंग्लिस प्रतिद्धन्द्वी युनाइटेडविरुद्ध ६५ औँ मिनेटमा रोनाल्डोको गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफ गोलरहित भएको खेलमा दुवै टिमले गोलका केही सीमित मौकाहरू सिर्जना गरेका थिए।

यद्धपि युनाइटेडको जितमा हुवान माटाले एक गोल गर्दा अर्को एक गोल उपहराका रूपमा रह्यो । युभेन्टसका लियोनार्दो बोनुसीले आत्मघाती गोल गर्दै युनाइटेडलाई जितको आधार तयार गरेका थिए।

८६ औं मिनेटमा सब्सिच्युड खेलाडी माटाले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै युनाइटेडलाई १–१ मा ल्याउँदा ९० औं मिनेटमा डिफेन्डर बोनुसीले आत्मघाती गोल गरे । यसअघि युनाइटेडले युभेन्ट्सविरुद्ध घरेलु मैदानमा भएको खेलमा भने पराजित भएको थियो । समूह चरणको तेस्रो खेलमा युभेन्ट्ससँग युनाइटेड घरेलु मैदानमा १–० ले पराजित भएको थियो।

लिग अंक तालिकामा युभेन्ट्सले ४ खेलबाट ९ अंक जोडेको छ। यो हारसंगै युभेन्ट्सले दुई खेलअगावै नकआउट चरणमा पुग्ने सम्भावना गुमाए पनि नकआउट नजिक छ। युनाइटेड दोस्रो स्थानमा रहेको छ। यसै समूहको अर्को खेलमा भ्यालेन्सियाले योङ ब्वाइजलाई ३–१ ले हराएको छ। ५ अंक जोडेको भ्यालेन्सिया तेस्रो र १ अंक जोडेको ब्वाइज लिगको पुछारमा रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.