|

बनियानी : झापा जिल्ला कारागारका एक कैदीको मृत्यु भएको छ। लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका बिर्तामोड–७ का केशव प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मृतक प्रसाईंको दुवै मिर्गौला फेरिएको थियो। स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि उनलाई मेची अञ्चल अस्पताल लगिएको थियो। उपचारका क्रममा बुधबार उनको मृत्यु भएको हो।

प्रसाईंलाई उक्त मुद्दामा जिल्ला अदालतले १२ वर्ष कैद सजाय सुनाएको थियो। उनले २०७३ असोज १० गतेदेखि कैद भुक्तान गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.