|

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकाका १२ सय सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ। धनुषाधामको सामुदायिक विद्यालय धनुष जनता उच्च माध्यमिक विद्यालयमा आयोजित एक समारोहका बीच १२०० विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो।

नगर क्षेत्रभित्रका विद्यालयमा अध्ययनरत दलित, अल्पसंख्यक, जेहन्दार विद्यार्थीलाई छात्रवृत्तिस्वरूप पोशाकसहित शैक्षिक सामग्री नगर प्रमुख बालेश्वर मण्डल वितरण गरेका हुन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र यादवको अध्यक्षता भएको कार्यक्रममा छात्रवत्ति वितरण गर्दै उनले शिक्षालाई प्राथमिकतालाई राखेर नगर विकासमा लागेको बताए।

कक्षा १ देखि १० सम्मका छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको समारोहमा धनुषाधाम नगरपालिका १ का अध्यक्ष विश्वनाथ यादव, ३ का राजकिशोर साह, ४ रामपरीक्षण यादव, शिक्षक-शिक्षिका, विद्यार्थी, अभिभावकसहितको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.