|

दाङ : जुवा खेलिरहेको सात जनालाई दाङ प्रहरीले नगदसहित पक्राउ गरेको छ। गढवा गाउँपालिका-६ परीचोकस्थित नारायण पोखरेलको घरमा घरधनीसहित जुवातास खेलlरहेका उनीहरुलाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले एक लाख ७५ हजार ७२० रूपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए।

पक्राउ गरेका सात जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गढवा दाङमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.