|

अमेरिकाले आफ्नो दक्षिणी सीमाबाट देशभित्र पस्ने गैरकानुनी आप्रवासीहरू नयाँ नियमअनुसार शरणार्थी बन्न अयोग्य हुने जनाएको छ।

अमेरिकामा ट्रम्प प्रशासनले होमल्याण्ड सेक्युरिटि डिपार्टमेन्टले घोषणा गरेको नियम बमोजिम प्रवेशमा राष्ट्रपतीय निर्देशानुसार लगाइएको निषेध उल्लङ्घन गर्नेलाई शरण मिल्ने छैन।

जारी गरिएको एक वक्तव्यमा राष्ट्रपतिले राष्ट्रिय स्वार्थमा आप्रवासन रोक्न सक्ने भनिएको छ। हालै सम्पन्न संसदीय निर्वाचनमा आप्रवासन राष्ट्रपति डोनल्ड ट्रम्पको मुख्य मुद्दा बनेको थियो।

मेक्सिको हुँदै मध्यअमेरिकी देशहरूबाट अमेरिका आउन लागेका आप्रवासीहरूको लस्करलाई लक्षित गर्दै राष्ट्रपति ट्रम्पले सीमामा तिनलाई रोक्न सेना खटाउन निर्देशन दिएका थिए। यसरी प्रवेश गर्ने मानिसहरूलाई ट्रम्पले अतिक्रमणको संज्ञा समेत दिएका छन्।

बिहीबार कार्यवाहक महान्यायाधिवक्ता म्याथ्यु ह्वीटेकर तथा होमल्याण्ड सेक्युरिटी प्रमुख कर्स्टन नेल्सनले इन्टरिम फाइनल रुल नामक सो नियमको घोषणा गरेका थिए। जसअनुसार यदि राष्ट्रपतिले मेक्सिकोसँगको सीमाबाट अमेरिका प्रवेश निषेध गरे भने त्यहाँबाट सो नियम पुराना केसमा भने लागू हुनेछैन। तर सो नियमविरुद्ध अदालतमा मुद्दा चल्न सक्ने बताइएको छ। अमेरिकी नागरिक अधिकार समूह सिभिल लिबर्टिज युनियनले उक्त नियमलाई अवैधानिक भनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.