|

घरेलु टोली अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एकदिवसीय सिरिजमा रोमाञ्चक जित निकाल्दै सिरिजलाई १–१ को अवस्थामा ल्याएको छ। तीन खेलको सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले एडिलेडमा शुक्रबार ७ रनको जित निकाल्यो।

पहिलो ब्याटिङ गर्दे अस्ट्रेलियाले २३१  रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिकाले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२४ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले  ५१ रनको अर्धशतकीय इनिङ खेल्दा फाप डु प्लेसिसले ४७ रन जोडे तर, पराजय टार्नका लागि पर्याप्त भएन्। अस्ट्रेलियाका मार्कुस स्टोनिसले ३ विकेट लिँदा जोश ह्याजलउड र मिचेल स्टार्क्सले २–२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४८ ओभर ३ बलमा अलआउट हुँदै २३१ रन जोडेको थियो । अस्ट्रेलियाका लागि एलेक्स केरीले ४७ रन जोड्दा कृश लियोनले ४४ रनको योगदान दिए। त्यस्तै कप्तान एरोन फिन्चले ४१ रन जोडे। दक्षिण अफ्रिकाका कागीसो राबडाले ४ तथा ड्वाने प्रेटोरिउसले ३ विकेट लिए। यी दुईबीचको निर्णायक एकदिवसीय खेल आइतबार हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.