|

श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद\ भंग गर्ने आदेश जारी गरेका छन्। श्रीलंकामा चलिरहेको राजनीतिक संकटबीच संसद भंग गर्ने सिरिसेनाको आदेश शुक्रबार मध्यरातबाट लागू भएको बीबीसीले जनाएको छ।

राष्ट्रपतिको अादेशसँगै जनवरीमा आम चुनाव हुनसक्ने सम्भावना छ। यद्यपि यो चुनाव गराउन सजिलो छैन। किनभने राष्ट्रपतिको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट पर्न सक्छ।

प्रधानमन्त्रीबाट बर्खास्त गरिएका रनिल विक्रमासिंघेको पार्टी युनाइटेड नेसनल पार्टी (यूएनपी) ले राष्ट्रपतिसँग यस्तो निर्णय गर्ने शक्ति नभएको प्रतिकृया दिएको छ।

गत महिना राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघे र उनको मन्त्रिमण्डल बर्खास्त गरेर पूर्वराष्ट्रपति महिंदा राजापक्षेलाई नयाँ प्रधानमन्त्री बनाएका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.