|
फाइल तस्बिर

रामेछाप : जिल्लाको मन्थली नगरपालिका–७, भटौलीमा युवती भगाएर विवाह गरेको विषयमा दुई समूहबीच झडप हुँदा आठ जना घाइते भएका छन्। घाइते आठै जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी शेख अदालतले जानकारी दिए।

घाइते हुनेहरूमा सन्तोष माझी, पूर्णवहादुर माझी, समिर माझी, मिलन माझी, सन्तोष माझी, खेमबहादुर माझी, सोममाया माझी र चन्द्रमाया माझी रहेका छन्। घाइते सबैलाई उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते मध्ये धेरैको टाउकोमा चोट लागेको छ।

घटनापछि बलबहादुर माझी, चित्रे माझी, दिलीप माझी, भक्तवहादुर माझी, बमबहादुर माझी, जय माझी, सोमबहादुर माझी र विष्णु माझीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमध्ये चार जनालाई सिन्धुलीको खाल्टेबाट पक्राउ गररिएको र चार जनालाई आफ्नै गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

स्थानीय युवतीलाई भगाएर विवाह गरेको विषयमा दुई पक्षबीच भएको विवादले उग्ररूप लिएपछि दोहोर झडप भएको स्थानीयको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.