|

दमक(झापा) : किरात धर्मका महागुरु एवं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३४ औं जन्मजयन्ती आइतबार विभिन्न कार्यक्रम गरी मनाइएको छ।

महागुरुको जन्मजयन्तीकै अवसरमा दमक नगरपालिकालगायत प्रदेश १ का केही स्थानीय तहले आइतबार सार्वजनिक बिदासमेत दिए। लिङ्देनको जन्मजयन्तीका अवसरमा दमक १ स्थित फाल्गुनन्द स्मारक परिसरमा पूजापाठ गरिएको छ। आइतबार बिहानै स्थानीय तथा श्रद्धालूहरूले स्मारक परिसर सरसफाई गरी फूलमालाले सजाएका थिए। सो अवसरमा दीपप्रज्वलन समेत गरी विधिपूर्वक पूजा अर्चना गरिएको हो।

यसैगरी इलामको चुलाचुली गाँउपालिकामा विभिन्न कार्यक्रम गरियो। चुलाचुलीको १ नम्बर वडास्थित किरात हाङ्साम साम्योग माङ्हिम हात्तीलेदामा महागुरुको जन्म जयन्ती मनाइएको हो। चुलाचुली गाँउपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईको प्रमुख आतिथ्यतामा कार्यक्रममा गरिएको हो।

त्यसैगरी झापाको शिवसताक्षी नगरपालिकामा पनि महागुरुको जन्मजयन्ती मनाइएको छ। सो अवसरमा वडा नम्बर ६ मा निर्माण गरिएको किँरात हाङ्साम माङ्हिम मन्दिरको पनि उद्धघाटन गरिएको छ। मन्दिरको प्रदेश १ का सामाजिक विकाश मन्त्री जीवन घिमिरे र प्रदेशसभा सांसद झलकसिंह दर्लामीले संयुक्त रूपमा उद्धघाटन गरे। किरात धर्मगुरु फाल्गुनन्दले १९८८ साल वैशाख २४ गते पाचथरको लोब्रेकुटीबाट समाज सुधारका सातबुँदे घोषणापत्र जारी गरेका थिए। सरकारले उनलाई २०६६ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.