|

काठमाडौं : पेट्रोल पम्पहरुले आधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ। डिस्पेन्सिङ पम्पको ‘मदर बोर्ड’मा कम तेल दिँदा बढी परिणाम देखाउने सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा ३–४ प्रतिशत ठगी गर्दै आएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

आँखाले देख्न नसकिने र सामान्य सिस्टमले समेत हत्तपत्त पत्ता लगाउन नसक्ने सफ्टवेयर जडान गरेर पम्पले तेलमा ठगी गर्दै आएको तथ्य फेला परेको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए। ‘डिस्पन्सिङ पम्पको डिस्प्लेमा बढी परिणाम र मूल्य देखाउने, तर इन्धन चाहिँ कम झर्ने सफ्टवेयर जठान गरेको भेटियो,’ उनले भने, ‘हामले दसैंअघिबाट गरेको अनुगमनले करिब आधा दर्जन पम्पमा सफ्टवेयर राखेर तेल ठगी गरेको भेटिएको छ।’

प्रहरीले तीन वर्षअघि पेट्रोल पम्पहरुले चिप्स प्रयोग गरी इन्धन ठगी गरेको फेला पारेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.